Logo

समुन्द्री किनारमा प्रियंकाको विकिनी शो अप, हिट हुने अस्त्र (फोटो फिचर)



Spread the love

जाडो महिनामा लगाउने कपडा, गर्मी महिनामा लगाउने कपडामा फरक हुन्छ । कलाकारको फेसन पनि समय अनुसार नै हुन्छ । गर्मीमा तातो कपडा लगाएर कोही आउँदैन, जाडोमा चिसो कपडा लगाएर कम कलाकार पुग्छन् । तर, अभिनेत्री प्रियंका कार्कीलाई भने जाडो र गर्मीले फरक पार्दैन । उनलाई जाडो होस् या गर्मी, छोटो कपडा लगाउनै मन पर्छ ।

केही जमात अभिनेत्री प्रियंका कार्कीको विकिनी फिगरको प्रशंसा गर्छन् । केही जमात अभिनेत्री प्रियंका कार्कीको फिगरको आलोचना गर्छन् । जे जे गरेपनि प्रियंकाको विकिनी फिगरको गसिप मार्केटमा चलेको छ । अभिनेत्रीहरु विकिनी लगाएर स्विमिङ गरेको फोटोहरु दर्शक र मिडियालाई देखाउन त्यती रुचाउँदैनन् । तर, प्रियंका कार्कीलाई अहिले यस्ता तस्बिर हिट हुने अस्त्र नै बनेको छ ।

नेपाली अभिनेत्रीहरुको साझा प्रवृत्ति हो, विदेशमा पुगेपछि आफुलाई मजाले एक्सोपोज गर्ने । सिनेमामा खासै भड्किलो पहिरन नलगाउने अभिनेत्री समेत विदेशको समुन्द्री तटमा विकिनीमा ठाँटिएर फोटो खिचाइरहेका हुन्छन् ।

सिनेमामा सामान्य पहिरनमै देखिदै आएकी प्रियंकाको इन्स्टाग्राममा अचानक यस्तो तस्विर छायो, जसमा उनी सेतो विकिनीमा देखिन्थिन् । बिवाहपछि ईन्डोनेसिया पुगेकी उनले आफुलाई एक समुन्द्री तटमा यसरी एक्सपोज गरेकी थिइन् ।समुन्द्री किनारमा उनी उन्मुक्त रमाइरहेकी देखिन्छिन् ।

आलोचना भएपनि हल्ला भएपनि प्रियंका विकिनी फिगरमा रमाएकी छिन् । उनले इन्स्टाग्राममा पोष्ट गरेको तस्बिरमा उनको फिगर शो गरिएका तस्बिर धेरै होलान् । हुनत, प्रियंकाले राख्ने यस्ता तस्बिरको अहिले दर्शकले पनि वास्ता गर्न छाडेका छन् । किनकी, अत्ती भयो भने चिनी तितो हुन्छ ।

नेपाली फिल्मकी हिट अभिनेत्री प्रियंका कार्कीले पनि विकिनी तस्बिरलाई हिट हुने माध्यम सधै नबनाउने हो कि ?

हेर्नुहोस् फोटोफिचर:

 

प्रतिक्रिया दिनुहोस्