चलचित्र ‘मेरो एउटा साथी छ’ मा सँगै काम गरेका निर्माता प्रज्जवल शम्सेर जबरा र कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा अहिले एकअर्काको प्रेममा रहेका छन् । लामो समय अगाडि देखी प्रेम सम्बन्धमा रहेका उनीहरुले आइतवार पारिवारिक जमघटका बीच होटल शंकरमा इङ्गेजमेन्ट गरेका छन् । उनीहरू यही बैशाख २४ गतेबाट दाम्पत्य जीवनमा बाँधिदै छन् ।
चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रेनशाले निर्देशन गरेकी हुन् भने प्रज्जवलले यसमा लगानी गरेका थिए । विवाह लगत्तै उनीहरु चलचित्र ‘आई एम ट्वान्टिवान’ मार्फत् पुनः कमब्याक गर्दै छन् ।
निर्देशक रेनशाले विवाहपछि पनि चलचित्रमा क्रियाशील भई आफ्नो काममा कुनै पनि रोकावट आउन नदिने बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्