८ वैशाख, काठमाडौँ ।
बझाङको नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको से १ ज ७ सय १८ नम्बरको बोलेरो जिप खप्तड छान्ना गाउँपालिका बासपाटा भन्ने ठाउँमा दुर्घटना भएको छ। दुर्घटनामा ६५ वर्षिय बासुदेव जोशीको घटनास्थलमा मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा चेतराज जोशी, गोकर्ण जोशी, नरेशप्रसाद जोशी, डम्मरप्रसाद जोशी, देवराज जोशी, सुकदेव जोशी र गाडी चालक जयराज जोशी रहेको प्रहरीले जनाएको छ। चेतराज जोशीको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य छ। उनीहरूको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृतक जोशीलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइको छ। जिप दुर्घटना भएर आफन्तको मृत्यु भएपछि विवाह स्थगित भएको छ।
प्रतिक्रिया दिनुहोस्