८ वैशाख, काठमाडौं ।
आइतबार सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
शितलनिवासमा आयोजित एक समारोहमा नवनियुक्त न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सपथ गराएका हुन् ।
यो संगै सर्वोच्च अदालतमा न्यायाधीश संख्या २१ पुगेको छ ।
सोही समारोहमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीले आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझालाई शपथ गराए ।
प्रतिक्रिया दिनुहोस्