Logo

आईपीएल अन्तर्गत आज दुई खेलहरु हुदै



Spread the love

 

८ वैशाख, काठमाडौँ।
इन्डियन प्रिमिएर लिग क्रिकेटमा आज कोलकता नाइट राइर्डससँग सनराइर्स हैदराबाद भिड्दै छ । हैदराबादको घरेलु मैदानमा खेल नेपाली समयअनुसार अपरान्न ४ः१५ बजे सुरु हुनेछ ।

दुबै टोली पाँचौं जितको खोजीमा हुनेछ । ८ खेलबाट ४ मा जित र ४ मा हार बेहोरेको हैदराबाद ८ अंकसहित पाँचौं स्थानमा छ । समान खेल र नतिजासहित समान अंक बटुलेको कोलकता रनरेटका आधारमा तालिकाको छैटौं स्थानमा छ ।

 

यस्तै आईपीएल अन्तर्गत अर्को खेलमा रोयल च्यालेन्जर्स बेङ्लोर र चेन्नई सुपर किङ्स आमने सामने हुनेछ। बेङ्लोरको घरेलु मैदानमा खेल ८ः१५ बजे सुरु हुनेछ । बेङ्लोर तेस्रो जितको खोजीमा रहनेछ भने चेन्नई शीर्ष स्थानको लागि बलियो रणनीतिका साथ मैदानमा उत्रने छ ।

९ खेलबाट ७ मा जित र २ मा हारको नतिजा निकालेको चेन्नई १४ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट बेङ्लोर २ मा जित र ७ मा हारसहित ४ अंकका साथ पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्