८ वैशाख, काठमाडौँ।
पोखरा विश्वविद्यालयले स्नातक तहमा ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीकाे रजिष्ट्रेशन नहुने भएको छ।
कक्षा ११ र १२ मा एक वा एकभन्दा बढी विषयमा सी ग्रेड नल्याएका विद्यार्थीको स्नातक तहमा यो शैक्षिक सत्रका लागि रजिष्ट्रेशन नगर्ने विश्वविद्यालयले निर्णय गरेको हो।
शैक्षिक सत्र २०१८ का लागि क्याम्पसले डि प्लस आएका विद्यार्थीको पनि रजिष्ट्रेशन गरेपछि मापदण्ड मिचेको भन्दै नेपाल विद्यार्थी संघलगायतले चौतफी बिरोध गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्