Logo

तीन महिनाको विश्राम पश्चात नेयमारको पुनरागमन



Spread the love

 

८ वैशाख, काठमाडौँ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका स्टार फरवार्ड नेयमार झन्डै तीन महिनाको विश्रामपछि खेलमा फर्कने भएका छन् ।

जनवरी २३ मा फ्रेन्च कोपा डेल रे अन्तर्गत स्टार्सवर्ग विरुद्धको खेलमा नेयमारले मेटाटर्सलमा चोट बोकेका थिए । चोटका कारण लामो विश्राममा रहँदै आएका नेयमारले एक साताअघि नै टिमसँग प्रशिक्षणमा सामेल भईसकेका छन् । नेयमारले आइतबार मोनाकोविरुद्धको खेलबाट पुनरागमन गर्ने भएको छन् ।

 चोट बोक्नुअघि नेयमारले लिग वानमा १३ गोल गरेका थिए । उनले यसअघि नै पुनरागमन गर्ने तयारी गरेपनि पुर्ण फिट नभएकोले उनको पुनरागमन लम्बिएको हो,’ प्रशिक्षक टचेलले नेयमारबारे बोल्दै भने, ‘हामीले उनको प्रशिक्षण हेरेका छौं । अहिले नेयमार पुर्ण रुपमा फिट देखिएका छन् । उनले आफुलाई सन्तुष्ट र खुशी महसुस गरेका छन् । उनले मोनाकोविरुद्धको खेलबाट पुनरागमन गर्ने बलियो सम्भावना छ ।’

पीएसजीले लिगका पछिल्लो तीन खेलमा स्टार्सवर्ग, लिले र नान्टेसविरुद्ध जित निकाल्न नसक्दा उपाधि पक्का गर्ने अवसर लम्बिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्