८ वैशाख, काठमाडौँ ।
शनिबार राति सिरी ‘ए’ को च्याम्पियन बन्ने क्रममा युभेन्टसले फियोरेन्टिनालाई २–१ ले पराजित गरेको छ।सन् २०११/१२ को सिजनमा सिरी ‘ए’ च्याम्पियन भएयता युभेन्टस् लगातार च्याम्पियन बनिरहेको छ ।
दोस्रो स्थानको नेपोलीको भन्दा २० अंक बढी रहेको युभेन्टसले ३३ खेलबाट ८७ अंक जोडेको छ । ३३ खेलमा युभेन्टसले २८ मा जित, ३ मा बराबरी र २ मा हारको नतिजा निकाल्यो । बाँकी ५ खेलमा हार बेहोरेपनि युभेन्टस पछि पर्ने छैन । घरेलु मैदान एलिनाज स्टेडियम टोरिनोमा युभेन्टसले १ गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।
यससँगै यसै सिजन युभेन्टस पुगेका रोनाल्डोले सिरी ‘ए’ को पहिलो उपाधि जित्न सफल भयो ।
प्रतिक्रिया दिनुहोस्