Logo

क्रिस गेलको विकेट संगै सन्दीप लामिछानेले लिए तीन विकेट



Spread the love

इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको दिल्ली क्यापिटल र किंग्स इलाभेन पञ्जबीचको खेलमा सन्दीप लामिछानेले क्रिस गेलकोको विकेट लिएका  छन् ।

व्यक्तिगत तेस्रो ओभर बलिङ गर्न आएका सन्दीपले १२.२ ओभरमा गेललाई आउट गरेका हुन् । गेल ३७ रनमा ६९ रन बनाएर आउट भएका हुन् । सन्दीपले पहिलो ओभरमा केएल राउललाई १२ रनमै आउट गरेका थिए ।

तीन ओभर बलिङ गर्दा सन्दीपले तीन विकेट लिएर ३३ रन मात्र दिएका थिए भने आफ्नो चौथो ओभरमा मात्र ७ रन दिएर ४ ओभरमा ४० रन खर्चिदै ३ विकेट लिन सफल भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्