६ वैशाख, काठमाडौं ।
इन्डियन प्रिमियर लिगको ३५ औं खेलमा आज कोलकता नाईट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरबिच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी कोलकताको घरेलु मैदानमा सुरु हुने छ ।
जारी प्रतियोगितामा खराब प्रर्दशन गरि रहेको विराट कोहली कप्तान रहेको बेंगलोरलाई प्ले अफको झिनो अंक गणीतिय संभावना कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा बेंगलोरको अघिल्लो चरणको संभावना देखिदैन । जारी आईपीएलमा बेंगलोरको बलिङ निकै कमजोर रहदै आएको छ । डेर्थ ओभरका रन रोन्न नसक्नु बेंगलोरको सबैभन्दा ठूलो समस्या हो ।
बेंगलोर ८ खेलमा ७ मा हार र १ मा जित सहित २ अंकका साथ पुछारमा छ । कोलकता ८ खेलमा समान ४ मा जित र ४ मा हारका साथ छैटौं स्थानमा रहँदा चेन्नई सुपर किंग्स शीर्ष र मुम्बई दोस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्