६ वैशाख, काठमाडौं ।
त्रिभुवन आर्मी क्लबको पुरुष भलिबल टोलीका कप्तान तथा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले आठौं राष्ट्रिय खेलकुद खेल्न नपाउने भएका छन् ।
मानबहादुर मैत्रीपूर्ण प्रतियोगिता खेल्न आर्मीको स्वीकृतिविनै जापान गएकाले उनले आठौं खेल्न नपाउने भएका हुन् । आर्मीले प्रतियोगिता खेल्न दर्ता गरेको १२ खेलाडीको सुचिमा मानबहादुरको नाम छैन । आर्मीले प्रतियोगिताअन्तर्गत समूह चरणको दुई खेल खेल्दै दुवै खेलमा जित निकालेको छ ।
अब उनले प्रतियोगितामा भने खेल्न पाउने छैन। उनको नियमित ४ नम्बर जर्सीमा आर्मीले एकेन्द्र साउदको नाम दर्ता गरेको छ ।
प्रतिक्रिया दिनुहोस्