६ वैशाख, काठमाडौं ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश–५ को महिला क्रिकेट टोलीले दुई खेल खेलिसक्यो तर अझै खेलाडीका लागि चाहिने ट्रयाकसुट, जुत्तालगायतका सामग्री उनीहरुले पाउन सकेको छैन।
खेलाडी, म्यानेजर र कोचलाई उपलब्ध हुन् पर्ने ट्रयाकसुट, जुत्ता, रुमाल, झोला लगायतका समाग्री विना नै खेल सुरु भईसकेको छ। पोशाकका लागि आठसय मात्र पाएका खेलाडीहरुले उक्त रकमले नपुगेपछि खेलाडीले आफ्नो व्यक्तिगत खर्चमा पोशाक किन्नु परेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंयाले बताए।
राष्ट्रिय खेलकुद परिषदले व्यवस्थापकीय कमजोरीको कारण देखाउदै पोसाक उपलब्ध गराउने नसकेको जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्