काठमाडौँ, २२ असार ।
नेपाली काँग्रेसले बाढीबाट विस्थापित र उच्च जोखिममा रहेका बस्तीवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण एवम् गासवासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
मङ्गलबार राति एक्कासि आएको बाढीले बाह्रबिसे–तातोपानी सडक अवरुद्ध हुनुका साथै १५ घर बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै पार्टीले उनीहरुलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको हो ।
सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको बाढीले तातोपानी गाविसका नदी किनारका अधिकांश घर जोखिममा रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ । रासस
प्रतिक्रिया दिनुहोस्