Logo

नेपालको सानदार जित तर विश्वकपमा छनोट हुन असफल



Spread the love

५ वैशाख, काठमाडौं ।
ओपनर पवन सरार्फ र रित गौतमले अर्ध शतक प्रहार गरेपछि आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको छ ।

यद्यपी सानदार जित निकालेपनि नेपाल आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपको लागि छनोट हुन भने असफल रह्यो । आज नै भएको अर्को खेलमा यूएईले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपना पुरा हुन सकेन । यूएई पाँच खेलमा पाँचमा नै जित निकाल्दै विश्वकपको लागि छनोट भयो ।

पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल वर्षाले प्रभावित दोस्रो खेलमा यूएईसँग डकवर्थ लेविस मेथर्डका आधारमा १ रनले पराजित भएको थियो । १ रनको हारनै नेपालको विश्वकप खेल्ने सपनामा बाधक बन्यो । त्यस्तै तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेट र चौथो खेलमा ओमानलाई १ सय ५० रनले हराएको थियो ।

१ सय ५८ रनको मध्यम लक्ष्य पछ्पाएको नेपालले २८ ओभरमा २ विकेटको क्षतिमा १ सय ६० रन बनाउदै सहजै पुरा गर्यो । नेपालको सहज जितमा ओपनर रित गौतमले ८४ बलमा ७ चौका सहित ६२ रनमा आउट भए । त्यस्तै अर्का ओपनर पवन सरार्फले ६१ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५३ रनको योगदान दिए ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । कुशल मल्ल,राशिद खान र सुर्य तामाङको नाममा समान २ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्