४ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारलाई पक्राउ गरेको भन्दै देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको छ ।
आन्दोलित पत्रकारहरुले बिधुुतीय कारोवार एन ४७र४८ खारेज हुनुुपर्ने, पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न तथा पक्राउ परेका अर्जुन गिरी लगायतका पत्रकारलाई रिहाइ माग गर्दै महासंघले बिहीबार प्रशासन कार्यालयमा धर्ना दिएको हो ।
रौतहटका पत्रकारहरुले पनि जिल्ला प्रशासन कार्यालय रौतहट अगाडी धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाका कार्यवाहक सभापति उतमकुमार उपाध्यायको नेतृत्वमा पत्रकारहरु बिहान ९ः३० देखी १०ः३०सम्म जिल्ला प्रशासन अगाडी धर्नामा बसेका हुन् ।
प्रतिक्रिया दिनुहोस्