४ वैशाख, काठमाडौं । फ्रान्सेली च्याम्पियन पीएसजीले लिगअन्तर्गत बुधबार नान्टेससंग ३-२ ले पराजय बेहोर्येको छ ।
खेलको १९ औं मिनेटमा पीएसजीका लागि ड्यानी आल्भेसले गोलको खाता खोल्यो। तर त्यसको ५ मिनेटमा नै डिएगो कार्लोसले खेल बराबरीमा फर्काए। माजिद वारिसले पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा गोल गर्दै नान्टेसलाई पुन अग्रता दिलाए ।
पीएसजीले आफ्नो मुख्य खेलाडीहरु किलियन एमबाप्पे, एन्जल डी मारिया लगायत खेलाडीलाई यस खेलका लागि विश्राम दिएको थियो । ५२ औं मिनेटमा ड्यानी आल्भेसले गोल गरेपछि पीएसजी दुई गोलले पछाडी पर्यो । खेल सकिन १ मिनेट बाँकि रहँदा पीएसजीका लागि मेतेहान गुक्लुले गोल गरेपनि त्यो जितको लागि पर्याप्त रहेन ।
यस हारसँगै पीएसजीले अर्को खेलसम्म कुर्नुपर्ने भएको छ । दोस्रो स्थानको लिलले अंक गुमाएको अवस्थामा पनि पीएसजी च्याम्पियन बन्नेछ ।
प्रतिक्रिया दिनुहोस्