Logo

मैत्रीपुर्ण खेलका लागि यु–१९ महिला फुटबल टोली चीनतर्फ



Spread the love

बैशाख ४, काठमाडौँ ।
एएफसी यु–१९ महिला च्याम्पियनससिपको एसिया क्षेत्रको छनोटको दोसो चरणको खेलको तयारीका लागि नेपाली यु–१९ टोली बुधबार चीन प्रस्थान गरेको छ ।

२३ सदस्यीय खेलाडी र अफिसियलाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जितको शुभकामना सहित बिदाई गरे । नेपाली टोली आजै चीन प्रस्थान गरेको हो । चीनमा एक साता रहँदा टिमले दुई मैत्रीपुर्ण खेल खेल्ने छ ।

अभ्यास र मैत्रीपुर्ण खेल लगत्तै नेपाली टोली म्यानमार प्रस्थान गर्नेछ । दोस्रो चरणको छनोट अप्रिल २६ बाट ३० सम्म हुदैछ । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउनेछन् ।

नेपाल रहेको छनोटको समूह ‘ए’ मा अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमार रहेका छनन् । नेपालले २६ अप्रिलमा अष्ट्रेलियासँग खेल्दै छनोटको सुरुवात गर्नेछ।

नेपाली टोली -सरु लिम्बु (कप्तान), अन्जना राना मगर, रेविका राई, उषानाथ, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा रानामगर, सलोनी राना मगर, सबिता राना मगर, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती, रश्मी कुमारी घिसिङ, एलिसा जिम्बा, रेखा पौडेल र निर्मला उपाध्याय छन् ।

प्रतिक्रिया दिनुहोस्