४ वैशाख, काठमाडौं ।
मंगलबार भारतमा बेमौसमी वर्षासँगै आएको आँधीमा परि ३५ जनाभन्दा धेरै मानिसले गुमाएको छ । मृत्यु हुनेमध्ये धेरै उत्तरी गुजरातका रहेको भारतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । मध्य प्रदेशमा आँधी र चट्याङकै कारण १० जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित प्रत्येक परिवारलाई राहतस्वरुप दुई लाख प्रदान गर्ने घोषणा गरेका छन् । उनले घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार दिइने पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्