Logo

आनन्द कार्कीको नयाँ गजल ‘चुपचाप छौ तिमी’ सार्वजनिक (हेर्नुहोस् भिडियो)



Spread the love

चर्चित गायक आनन्द कार्की समधुर स्वरमा रहेको नयाँँ गजल ‘चुपचाप छौ तिमी’ आज सार्वजनिक गरिएको छ । गीतकार तथा गजलकार सुदन डोटेलले रचना गरेका छन् भने सङ्गीतकार शक्ति बल्लभ, राजु सिंह, गायक आनन्द कार्की, सीताराम पोखरेललगायतले उक्त सङ्ग्रह लोकार्पण गरेका हुन्।

भिडियोमा मुख्य भूमिकामा श्रीदेव भट्टराई, सारिका घिमिरेसुदन सहित अमुल अर्याल, रमेश भुर्तेल, यमुना अर्याल, मनु डोटेल, बिकास प्याकुरेल, भोला पौडेल, राज पाण्डे, हरि अधिकारी, धर्म न्यौपाने, अंकिता अधिकारी, अमित अर्याल, सुधांम्सु डोटेल लगायत कलाकारको अभिनय रहेको छ ।

 

 

भिडियोमा गायक आनन्द कार्कीले स्वयं गजलकारलाई प्रस्तुत गरेका छन् । मनोहर सुनामले एरेञ्ज गरेका हुन् भने सुरेन्द्र श्रेष्ठले छायांकन गरेका छन् उक्त भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् । गजललाई सरोज प्याकुरेलकै निर्देशन र संगीत भरेका छन् ।

हेर्नुहोस् भिडियो ;

https://youtu.be/j86Nagqy5pY

प्रतिक्रिया दिनुहोस्