४ वैशाख, काठमाडौं ।
ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गर्दै महासंघले आन्दोलन घोषणा गरेको हो ।
भोलि ५ गते विहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला शाखा मार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरेको छ।
पत्रकारलाई विद्युतीय कारोबार ऐन अन्तर्गत पटकपटक पक्राउ गरी प्रेस स्वतन्त्रता उपभोगमा अवरोध गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको हो’ महासचिव रमेश विष्टले भने ।
प्रतिक्रिया दिनुहोस्