Logo

राष्ट्रिय झण्डा गाड्न गएका विवेकशीलका नेता पक्राउ



Spread the love

४ वैशाख, काठमाडौं ।
बालुवाटारस्थित ललिता निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न भनि गएका विवेकशील नेपाली दलका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । सरकारी कर्मचारी र भूमाफिया मिलेर सरकारी जग्गा व्यक्तिको नाममा गरेको खुलेपछि चौतर्फी विरोध प्रदर्शन भइरहेको छ ।

विवेकशीलले बुधबार सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम राखेको थियो ।तर, प्रहरीले निषेधित क्षेत्र भन्दै रोकेको छ । त्यसक्रममा विवेकशीलका केही नेतालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्