Logo

बेलायत सरकारद्वारा नेपालमा रोजगारी सीपमूलक कार्यक्रमको थालनी



Spread the love

 

४ वैशाख, काठमाडौं ।  बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपालको ९० हजार विपन्न नागरिकलाई लक्षित गरि बेलायत सरकारले ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याइएको छ । ९० हजार बढि विपन्न नेपाली नागरिकलाई ४ वर्ष भित्र सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारी दिने गरी सो कार्यक्रम संचालन गरिएको हो ।

सबैभन्दा बढि विदेशिएको धनुषा जिल्ला नागरिकलाई त्यहीँ रोजगारीको अवसर सृजना हुने गरी र उद्योग धन्दाको सम्भावना बढि रहेकाले बुटवल–भैरहवामा सो कार्यक्रम केन्द्रित हुनेछ । कार्यक्रम अनुसार कृषि, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासको काममा दक्ष हुने गरी आवश्यक तालिम दिइनेछ ।

नेपाल सरकार, निजी क्षेत्र र सामाजिक संघ, संस्थाहरुसँगको सहकार्यमा संचालन हुने सो कार्यक्रमको ५० प्रतिशत खर्च बेलायत सरकारको तर्फबाट डिएफआईडीले व्यहोर्ने छ भने बाँकि खर्च सहकार्य गरिरहेका संस्थाहरुले व्यहोर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्