Logo

रु छ करोड राजस्व घाटा



Spread the love

जनकपुरधाम, २२ असार ।
नगर क्षेत्रभित्र विद्युत् चुहावट हुँदा मासिक रु ६ करोड राजस्व घाटा भएको छ । नगर क्षेत्रभित्र विद्युत् चुहावत व्यापक रुपमा हुन थालेपछि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा प्राधिकरणका कर्मचारी सम्मिलित गस्ती टोली परिचालन गरिएको छ । अवैध रुपमा विद्युत् पोलबाट अङ्कुश प्रयोग गरी विद्युत् चुहावट गर्ने ग्राहकको लाइन काट्ने अभियानको थालनी गरिएको प्राधिकरणका वितरण प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिनुभयो । गस्ती टोलीले अङ्कुश प्रयोग गरी विद्युत् चोरी गर्ने कार्यमा संलग्न ५० जनालाई पक्राउ गरी रु चार लाख जरिवाना असुल गरेको छ । यसैगरी प्राधिकरणले बक्यौता रकम नुबझाएका ५०० भन्दा बढी ग्राहकको लाइन काटी रु एक करोड राजस्व उठाएको छ । जनकपुर नगर क्षेत्रको बेला कुट्टी, रतनसागर, अग्निकुण्ड, कुवा, कटैया चौरी, कदम चौक पूर्वलगायतका क्षेत्रमा बढी विद्युत् चुहावट हुने गरेको पाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्