४ बैशाख, काठमाण्डौ ।
हिमाली क्षेत्रमा मूल्य वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको विवरणमा हिमाली क्षेत्रमा ५।५ प्रतिशत मूल्यवृद्धि भएको पाइएको छ ।
‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति अनुसार पहाडी क्षेत्रमा ४।६, काठमाण्डौ उपत्यकामा ४।६ र तराईमा ३।६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६।०, ५।६, ४।५ र ६।३ प्रतिशत रहेको थियो ।
यही अवधिमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५।८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उक्त मुद्रास्फीति ६।३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति गएको फागुनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४।२ र भारतको २।९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा नेपालको मुद्रास्फीति छ र भारतको ४।३ प्रतिशत रहेको थियो ।
थोक मुद्रास्फीति २०७५ साल फागुन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५।० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २।३ प्रतिशत रहेको थियो । पेट्रोलियम पदार्थ, तयारी पोशाक, यातायात तथा उपकरण र पार्टसलगायत वस्तुका मूल्यमा भएको वृद्धिले थोक मुद्रास्फीति बढ्न गएको बैंकले जनाएको छ ।