नेपालका ५ महंगा हिरोहरु ।
५ .आकाश श्रेष्ठ
पछिल्लो समय निकै राम्रो नाम कमाएका नायक हुन् – आकाश श्रेष्ठ । नायक अनमोल के.सी.की आमा सुस्मिता केसीले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हु’ बाट डेब्यु गरेका उनले अभिनय गरेका चलचित्र ‘तिमी सँग’, ‘ड्रीम गर्ल’, ‘ब्ल्याक’, ‘रामकहानी’ लगायत सुपरहिट भैसकेका छन् । उनको नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकन भैरहेको छ । अहिले नयाँ चलचित्र “पोइ परो काले” मा उनले १८ लाख पारिश्रमिक लिएका छन् ।
४ . पल शाह
म्युजिक भिडियोबाट एकाएक चर्चामा आएका नायक हुन् – पल शाह । उनले चलचित्र ‘नाइँ नभनु ल ४’ बाट फिल्ममा डेब्यु गरेका हुन् । यो चलचित्रको सफलता पछि पलले ‘म यस्तो गीत गाउँछु’, ‘जोनी जेंटल मेन’, ‘शत्रु गते’ एकपछि अर्को सुपरहिट फिल्ममा अभिमय गरेका छन् । अहिले नायक पल एक फिल्म खेले बापत २५ लाखसम्म पारिश्रमिक लिन्छन् ।
३ . पुष्प खड्का
म्युजिक भिडियोबाट फिल्ममा डेब्यु गरेका नायक हुन् – पुष्प खड्का । उनले धेरै सुपरहिट गीतमा अभिनय गरेका छन् । नायक पुष्पले चलचित्र ‘अझै पनि’ बाट सहायक हिरोको रुपमा डेब्यु गरेका थिए । त्यसपछि उनका ‘दर्पण छाँया २’, ‘मंगलम’ चलचित्र सुपरहिट भएका छन् । अहिले उनको अभिनय रहेको चलचित्र ‘दाल भात तरकारी’ रिलिजको तयारीमा रहेको छ । नयाँ चलचित्रमा पुष्पले ३० लाख पारिश्रमिक लिएका छन् ।
२. प्रदिप खड्का
चर्चित नायक प्रदिप खड्काले ‘इस्केप’बाट डेब्यु गरेका हुन् । यो चलचित्रको सफलता पछि पनि उनका ‘प्रेम गीत’, ‘प्रेम गीत २’, ‘रोज’, ‘लिलिबिली’ लगायत चलचित्र सुपरहिट भएका छन् । उनको नयाँ चलचित्र ‘लभ स्टेशन’ हलमा लागिरहेको छ । अहिले प्रदीप एक चलचित्र खेले बापत ४० लाख पारिश्रमिक लिइरहेका छन् ।
१. अनमोल के.सी.
पछिल्लो समय निकै महँगो पारिश्रमिक लिई नेपाली चलचित्रको मुहार फेरेका नायक हुन् – अनमोल केसी । उनले ‘होस्टेल’ फिल्मबाट अफिसियल डेब्यु गरेका थिए । त्यसपछि भने एकपछि अर्को चलचित्र आउने क्रममा ‘गाजलु’, ‘ड्रिम्स’, ‘जेरी’, ‘क्री’, ‘क्याप्टेन’ लगायत चलचित्र सुपरहिट भएका छन् । ब्याक टु ब्याक आफ्नो पारिश्रमिक महँगाइरहेका उनले चलचित्र ‘ए मेरो हजुर – ३’ बाट ५० लाख पारिश्रमिक लिएका छन् ।