Logo

आज राजस्थान र पन्जाब भिड्दै



Spread the love

३ वैशाख, काठमाडौँ ।
इन्डियन प्रिमिएर लिग (आइपीएल) अन्तर्गत मंगलबार राजस्थान रोयल्स र किङस-११ पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ बजे पन्जाबको घरेलु मैदानमा सुरु हुनेछ ।

पाँचौं जितको खोजीमा रहेको पन्जाब राजस्थानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।आठौं खेलसम्म आइपुग्दा पन्जाबले ४ खेलमा जित र ४ खेलमा हार ब्यहोरेको छ ।

पन्जाब ८ अंकसहित लिग तालिकाको पाँचौं स्थानमा छ । ७ खेलमध्ये २ मा जित र ५ मा पराजित राजस्थान ४ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्