३, वैशाख, काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत दोस्रो खेलमा इटालियन क्लब युभेन्टसले आफ्नै मैदानमा नेदरल्यान्डको आयाक्सको सामना गर्दैछ । नेपाली समयानुसार राति १२ः४५ बजे खेल सुरु हुनेछ ।
आयाक्सको मैदानमा सम्पन्न पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । दुवै टोलीको सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।
प्रि–क्वाटरफाइनलमा रियललाई हराएर सनसनी मच्चाएको आयाक्ससँग सचेत भएर मैदान उत्रनेछ । यी दुई टोली युरोपेली प्रतियोगितामा १० पटक आमने समाने भएका छन् । सन् २००४ पछि युभेन्टस र आयाक्स पहिलोपटक खेल्न लागेका हुन् ।
आयाक्सविरुद्धको पछिल्ला १० खेलमा युभेन्टसले हार बेहोरेको छैन । ९ खेलमा युभेन्टसले ५ खेलमा जित निकाल्दा ५ बराबरी खेलको छ ।
प्रतिक्रिया दिनुहोस्