३, वैशाख, काठमाडौँ।
चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले प्राध्यापक माथि कालोमोसो र जुत्ताको माला लगाउने ६ जना विद्यार्थीलाई ६० दिनका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।
निष्कासनमा पर्ने विद्यार्थीहरुमा सन्तोष खतिवडा, गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् ।
यी विद्यार्थीहरुको समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि ४ दिनमा नै कोर्ष सिध्याएको, राजनीतिक आस्थाका आधारमा अंक दिने गरेको , प्रयोगात्मक कक्षामा डेढ सय जना विद्यार्थी राखेको,आरोप लगाउँदै कालोमोसो र जुत्ताको माला लगाएका थिए ।
यसैबीच ,भरतपुरमा प्रजातन्त्रवादी प्राध्यापक संघले आज पत्रकार सम्मेलन गरी विद्यार्थीमाथि कारबाही कम भएको र विद्यार्थीहरुले गल्ती महसुस नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्