३ वैशाख, काठमाडौं ।
एक टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिने क्रममा बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले ब्राजिलियन सुपरस्टार नेयमार भन्दा फ्रान्सेली मिडफिल्डर ओस्मान डेम्बेले राम्रो रहेको अभिव्यक्ति दिएका छन् ।
सन् २०१७ मा बार्सिलोनाले नेयमारलाई २ सय २२ मिलियन युरोमा पीएसजीलाई बेचेको थियो । त्यसै ट्रान्सफरमा डेम्बेले बोरुसिया डर्टमुन्डबाट १ सय ५ मिलियन युरोमा बार्सिलोना आएका थिए ।
नेयमारको भन्दा डेम्बेलेको स्थर राम्रो भएकोले क्लबमा पनि उनि स्थापित भइसकेका छन् । ‘हामीले नेयमारलाई बेचेको पैसाले डेम्बेले र कोउटिन्होलाई खरिद गर्ने योजना बनाएका थियौं ।’ उनले भने ।
बार्सिलोनाले यस सिजन आयाक्सबाट मिडफिल्डर फ्रान्की डे जोङलाई ७५ मिलियन युरोमा अनुबन्धन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्