Logo

बैंग्लोर लगातार दोस्रो जितको खोजीमा



Spread the love

२ वैशाख, काठमाडौं ।
इन्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बैग्लोरले मुम्बई इन्डियन्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार ८:१५ बजे वानखेडे रंगशालामा सूरू हुनेछ ।

मुम्बइ पाँचौं जितको लक्ष्यमा रहँदा बैंग्लोर दोस्रो जितको खोजीमा छ । चारमा जित र तीनमा हारको नतिजासहित ८ अंक जोडेको मुम्बइ चौंथो स्थानमा छ ।त्यस्तै दुई अंक जोडेको बैंग्लोर पुछारमा छ ।

चेन्नई १२ अंकसहित शीर्ष स्थानमा छ । दिल्ली क्यापिटल्स १० अंकसहित दोस्रो स्थानमा छ । कोलकता ८ अंकसहित तेस्रो स्थानमा रहँदा मुम्बई समान अंक भए पनि रनरेटका आधारमा चौंथो स्थानमा रहेको हो । राम्रो रन रेटसहित विजय भए मुम्बई दोस्रो स्थानमा उक्लिनेछ।

बैंग्लोरको सम्भावित प्लेइङ-११ : पार्थिब पटेल, कप्तान विराट कोहली, एबी डी भिलियर्स, मार्कुस स्टोनिस, मोइन अलि, पवन नेगी, उमेश यादव, मोहम्मद सिराज, युजभेन्द्र चाहाल, नभदीप सनी र अक्षदीप नाथ छन् ।

मुम्बईको सम्भावित प्लेइङ-११ : रोहित शर्मा, डिक कक, सूर्यकुमार यादव, पोलार्ड, हार्दिक पाण्डेय, इशान किसान, कुर्नाल पाण्डेय, राहुल चाहर, जेसन अथवा मिचेल, जसप्रित बु्रमाह र लासिथा मालिंगा छन् ।

प्रतिक्रिया दिनुहोस्