Logo

विश्वकपका लागि अस्ट्रेलियाको टिम घोषणा



Spread the love

२ वैशाख, काठमाडौं ।
मे अन्तिम साता इंग्ल्यान्ड र वेल्समा हुने आइसिसी एकदिवसीय विश्वकपका लागि अस्ट्रेलियाले सोमबार राष्ट्रिय टोलीको घोषणा गरेको छ । अस्ट्रेलियाको १५ सदस्यीय टिममा स्टेभिन स्मिथ र डेभिड वार्नरले पुनरागमन गरेका छन्।

बल टेम्परिङ प्रतिबन्धमा परेपछि दुवैले पहिलो पटक राष्ट्रिय टिममा स्थान पाएका हुन्। जोश हजलउड भने चोटका कारण टिममा आटएका छैनन्।त्यस्तै पिटर ह्यान्ड्सकम पनि टोलीमा परेका छैन ।

 अस्ट्रेलियाले न्युजिल्यन्डसँग ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। विश्वकपमा अस्ट्रेलियाले इंग्ल्यान्डसँग अभ्यास खेल खेल्नेछ।

अस्ट्रेलिया टिम : आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टेभिन स्मिथ, उस्मान खाबजा, साउन मार्स, ग्लेन म्याक्सवेल, मार्कोस स्टोइनिस, एलेक्स क्यारी, पाट कमिङ्ग्स, मिचेल स्टार्क, जे रिचार्डसन, नाथन काउन्टर निल, जसन बेरेनडोफ, एडम जाम्पा, नाथन लियोन

प्रतिक्रिया दिनुहोस्