२ वैशाख, काठमाडौं ।
आइसिसी एकदिवसीय विश्वकप अन्तर्गत मे अन्तिम सातादेखि इंग्ल्यान्ड र वेल्समा हुने खेलका लागि भारतले राष्ट्रिय टिम घोषणा गरेको छ। सोमबार घोषणा गरिएको १५ सदस्यीय राष्ट्रिय टिममा पुरानै अनुहारहरु बढी देख्न सकिन्छ ।
युवा विकेटकिपर रिशव पन्तले स्थान बनाउन नसक्दा अनुभवी विकेटकिपर दिनेश कार्तिकलाई टिममा स्थान दिइएको छ। मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायादु पनि टिममा छैनन्। मध्यक्रममा विजय शंकरले स्थान पाएका छन्। श्रेयर इयर र मनिष पाण्डेले पनि टिममा स्थान बनाउन सकेन ।
टिम भारत– विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केलएल राहुल, विजय शंकर, महेन्द्रसिंह धोनी, केदार जादव, दिनेश कार्तिक, युजभेन्द्र चाहल, कुलदिप यादव, भुवनेश्वर कुमार, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, मोहमद सामी
प्रतिक्रिया दिनुहोस्