२ वैशाख, काठमाडौं ।
आइतबार सिग्नेचर मनाङ–मर्स्याङदी क्लब एएफसी कप २०१९ का लागि भारतको अहमवाद प्रस्थान गरेको हो । एएफसी कपको दोस्रो खेलमा मनाङले चेन्नईयन एफसीसँग खेल्ने तालिका छ । मनाङ र चेन्नाईबीचको खेल १७ अप्रिलमा उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
होम एण्ड अवेको आधारमा हुने लिगको विजेताले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउनेछ । मनाङको समूहमा चेन्नईयन, मिनेर्भा पन्जाव र ढाका अवहानी लिमिटेड रहेको छ ।
मनाङ पहिलो खेलमा बंगलादेशको अवहानी लिमिटेडसँग १–० ले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्