Logo

एडोल्फ हिटलरले प्रयोग गरेको फोन लिलाममा



Spread the love

hitler's phone

दोस्रो विश्व युद्धका खलनायक एडोल्फ हिटलरले प्रयोग गरेको एउटा फोन अमेरिकामा यसै हप्ता लिलाम हुने भएको छ ।  रातो रङ्गको यो फोनमा हिटलरको नाम लेखिएको छ । यो फोन सन् १९४५ मा बर्लिनमा हिटलरको बन्करमा फेला परेको हो ।  जर्मनीले आत्मसमर्पण गरेपछि सोभियत सैनिकले यो फोन बेलायती बिग्रेडियर राल्फ रेनरलाई चिन्हका रूपमा प्रदान गरेको थियो ।  लिलामको प्रारम्भिक बोलकबोल १ लाख डलरबाट सुरु हुनेछ । राल्फका छोराको तर्फबाट लिलाम हुन लागेको फोन बरीब ३ लाख सम्ममा बिक्री हुन सक्ने अपेक्षा गरिएको आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्