चलचित्र ‘दयारानी’को पहिलो गीत ‘चिरी च्याट्टै’ सार्वजनिक गरिएको छ । दयाहाङ र दीयाको जोडीलाई दर्शकले रुचाएका हुँदा फेरी यस चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र दीया पुन रहेका छन् ।
गीतमा राजनराज सिवाकोटी र मेलिना राईको समधुर स्वर रहेको छ भने सिवाकोटीकै शब्द संगीत रहेको छ । विक्रम स्वारको कोरियोग्राफी छ भने उक्त गीतलाई रवी न्यौपानेले छायांकन गरेका छन् ।
चलचित्रमा दयाहाङ र दीयासँगै बिजय बराल, प्रमिस गुरुङ, श्रीषा कुँवर, नयन गुरुङ, पुस्कर गुरुङ, टिका राम घले, सुर्य सुनवार, राजेन्द्र थापा, सिता देवी गुरुङ, कृष्टी गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।
यस चलचित्रलाई मोहन गुरुङ, न्यू आइटी भेन्चर, किरण गुरुङ, केन्द्र लिम्बु, खुसीमान गुरुङ, सुरेन्द्र गुरुङ र सुर्य प्रकाश गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् भने यस चलचित्रलाई माओत्से गुरुङकै लेखन र निर्देशन रहेको छ ।
चलचित्र ‘दयारानी’ यहि जेठ १० गतेबाट देशभरी प्रदर्शन हुँदै छ ।