स्वर साम्राज्ञी लता मंगेशकरलाई ‘ब्रांड लॉरिअट’ ले ‘लेजंडरी अवॉर्ड’ द्वारा सम्मानित गरेको छ । ब्रांड लॉरिअट अवॉर्ड विश्व स्तरीय उपलब्धि हासिल गर्ने व्यक्ति तथा कंपनिको दिने गरिन्छ । ८७ वर्षीय मंगेशकरले सोशल मीडिया ट्विटरमा पुरस्कारको तस्वीर सेअर गर्नु भएको छ । र लेख्नु भएको छ, ‘मलाई ‘लेजन्डरी अवार्ड-२०१७’ ले सम्मानित गर्नु भएकोमा ब्रांड लॉरिअटलाई हार्दिक धन्यवाद।‘
भारतीय सिनेमामा योगदानका लागी २०१२ मा शाहरुख खानलाई ब्रांड लॉरिअट लेजेन्डरी अवार्डले सम्मानित गरिएको थियो। यस भन्दा पहिले दक्षिण अफ्रीकाका पूर्व राष्ट्रपति नेल्सन मंडेला, एप्पलका दिवंगत सह संस्थापक स्टीव जॉब्स, फेसबुकका मुख्य कार्यकारी मार्क जुकरबर्गलाई ब्रांड लॉरिअट लेजेन्डरी अवार्ड ले सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्