Logo

फेसबुक अकाउन्टभित्र १६ जिबी अशलील डेटा



Spread the love

facebook

प्रहरीले विद्युतीय उपकरण प्रयोग गर्दै अश्लील क्रियाकलापमा संलग्न एक व्यक्तिको फेसबुक अकाउन्टभित्र १६ जिबी अशलील डेटा फेला पारेको खबर छ ।

सामान्यतया साढे दुई घण्टा लामो चलचित्रको कम्प्युटर डाटा भार दुई जिबीभन्दा कम हुन्छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले अश्लील र छद्मनाममा खोलेको फेसबुक पेजमा आवाज, दृश्य र शब्दको ठूलो भण्डार जम्मा गरेका थिए ।

 

ललितपुरका सुरज बस्नेतले खोलेको उच्चारण गर्न समेत नमिल्ने फेसबुक पेजमा महिला, पुरुष र तेस्रो लिंगीसम्मले साटासाट गरेका तस्वीर भिडियो र वार्तालापको भण्डार फेला परेको छ । उनी महानगरीय अपराध महाशाखाको हिरासतमा छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले एउटा निजी कम्पनीमा लेखापालको जागिरे रहेका बस्नेतले सामाजिक सञ्जालमा अश्लील समाग्री भण्डारण गरेको पाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्