१ वैशाख, काठमाडौँ ।
स्पेनिस महारथी रियल म्याड्रिड र बार्सिलोनाबीच उत्कृष्ट खेलाडी भित्र्याउन सधैं होडबाजी चलिरहदा यस सिजन जुनमा दुई क्लबबीच जापानका युवा खेलाडी भित्र्याउन प्रतिस्पर्धा हुने भएको छ ।
१७ वर्षीय ताकेफुसा कुबोलाई क्लबमा ल्याउन दुवै क्लब अहिले तयारीमा जुटिरहेका छन् । १८ वर्ष नपुगी देशबाहिरका खेलाडीलाई अनुबन्धन गर्न नपाइने हुँदा बार्सिलोना यसअघि पनि समस्यमा परिसकेको छ । यहि जुनमा १८ वर्ष पूरा हुने ताकेलाई क्लबमा ल्याउन अहिले दुवै क्लब लागिपरेका छन् ।
ताके आक्रामक मिडफिल्डमा खेल्दै गोल गर्ने अवसर सिर्जना गर्न माहिर मानिन्छन् । उनले आफ्नो उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
यसअघि बार्सिलोनाले ताकेलाई उमेर नपुग्दै भित्र्याउँदा फिफाले कारवाही गरेको थियो । हाल एफसी टोकियोबाट खेलिरहेका ताकेलेआफ्नो भविष्य युरोपमा नै रहेको बताएका छन् ।