१ वैैशाख, काठमाडौँ ।
इंग्लिस प्रिमियर लिगमा आज लिभरपुलले लन्डन क्लब चेल्सीको सामना गर्ने छ । खेल लिभरपुलको घरेलु मैदानमा ९ः१५ बजेपछि शुरु हुने छ । उपाधि होडमा रहेको लिभरपुल चेल्सीलाई निराश पर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । प्रिमियर लिग सिजन अन्त्यको संघारमा पुग्दा लिभरपुल एक खेल कम खेलेको म्यानचेस्टर सिटीभन्दा २ अंकले अघि छ ।
लिभरपुलको ३३ खेलबाट ८२ तथा सिटीको ३२ खेलबाट ८० अंक रहेको छ । त्यस्तै , चेल्सी ६६ अंकसहित चौथो स्थानमा रहेको छ । चेल्सीसँगको बराबरी या हारले लिभपुलको उपाधि यात्रा कमजोर बन्नेछ । तर, घरेलु मैदानमा पछिल्ला ६ खेलमा भने लिभरपुलले चेल्सीलाई पराजित गर्न सकेको छैन । जसमा ४ बराबरी र २ हारको नतिजा छ ।
लिभरपुलसँग मोहम्मद सलाह, साडियो माने, रोबर्टाे फिर्मिनो, जोर्डन हेन्डरसन, फविन्हो, एलिसन बेकरजस्ता खोडीहरु रहेका छन् ।
यता, चेल्सीसँग इडेन हजार्ड, गोन्जालो हिग्विन, कोलुम हड्सन ओडोइ, ओलिभर जिरुड, एङ्गोलो कान्टे, रोस बार्कली र जगिन्हो जस्ता स्तरीय खेलाडीहरु रहेका छन् ।
आजै म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्ने छ । खेल साँझ ६ः५० मा हुनेछ ।