Logo

पोग्वाको पेनाल्टी गोलमा म्यानचेस्टर युुनाइटेडको कठिन जित



Spread the love

१ वैशाख, काठमाडौं ।  इंग्लिस प्रिमियर लिग अन्तर्गत घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको छ । युनाइटेडको संघर्षपूर्ण जितमा पाउल पोग्वाको दुवै गोल पेनाल्टी मार्फत सम्भब भएको थियो ।

१९औं मिनेटमा रोवर्ट स्नुडग्रासले हुवाँन माटालाई बक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा पोग्वाले गोल गरे । त्यस्तै ४९औं मिनेटमा वेस्टह्याम बराबरी गोल फर्कायो । फिलिपे एन्डरसनले म्यानुयल लान्जिनीको पासमा गोल गरे ।

रायन फ्रेडरिक्सले गोलरक्षकसँगको वान टु वान अवस्थामा एन्थोनी मार्सियललाई लडाएपछि ८०औं मिनेटमा युनाइटेडले अर्काे पेनाल्टी पायो । जसलाई पोग्वाले सदुपयोग गर्दै पुन : गोल गरेको थियो।

जितसँगै पाँचौ स्थानमा उक्लिएको म्यानचेस्टर युुनाइटेडको ३३ खेलबाट ६४ अंक पुगेको छ । वेस्टह्याम ४२ अंकसहित ११औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्