Logo

प्रशिक्षणको क्रममा लेवान्डोस्की र कोमानबीच कुटाकुट



Spread the love

 

२९ चैत, काठमाडौं ।
बिहीबार बायर्नको प्रशिक्षणका क्रममा लेवान्डोस्कीले कोमानलाई केहि भनेपछि उनी रिसाएका हुन् । रिस साहना नसक्दा कोमानले भनाभन गर्न थालेपछि विवाद चर्कंदै जादा दुई खेलाडीले एक अर्कामाथि मुक्का बर्साउन थालेको थियो । दुई खेलाडीबीच झडप सुरु भएपछि डिफेन्डर द्वय जेरोम बोटेङ र निकलास सुलले दुई खेलाडीलाई छुट्याएका थिए ।

प्रशिक्षकले दुवै खेलाडीलाई केहीबेर बाहिर राख्दै प्रशिक्षण अगाडी बढाएपनि पछि दुवै खेलाडीलाई प्रशिक्षणमा सामेल गराएका थिए । दुवै खेलाडीलाई क्लबले अन्तरिक कारवाही गर्ने सम्भावना रहेको छ ।

अघिल्लो सिजन पनि लेवान्डोस्की र म्याटस हमल्सबीच प्रशिक्षणको क्रममा झगडा हुदा सहकर्मीहरुले छुट्याउनु परेको थियो । क्लबले त्यसबेला दुवै खेलाडीलाई चेतावनी दिएर छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्