२९ चैत, काठमाडौं ।
आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङ सामु ३१ ओभरमा अल आउट हुँदै ६५ रनमा समेटियो ।
उसका लागि ईशान सावनीले ५४ बलको सामना गर्दै २८ रन मात्र जोड्दा अन्य ब्याट्सम्यानले भने खासै राम्रो प्रदर्शन गर्न सकेन। सिंगापुरका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि पवन सरार्फले ६ ओभरमा ५ मेडन सहित ५ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ८ ओभरमा ३ मेडन सहित १७ रन खर्चेर २ विकेट लिए । त्यस्तै सुर्य तामाङ २ र राशिद खानले १ विकेट लिए। ।
मलेसियाको कोलाम्पुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सिंगापुरलाई जितका लागि २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका कप्तान रोहित कुमार पौडेल ९५ रन जोड्दै क्याचआउट भए । रोहितले १ सय ५ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । सुरुवाती दुई विकेट सस्तैमा गुमाएको नेपालले तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेलले रओपनर पवन सरार्फले ९० रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याए ।सुरुवाती क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा सातौं विकेटका लागि रोहित र राशिद खानले ७७ रनको आक्रमक साझेदारी गर्दै नेपाललाई विशाल योगफल तर्फ लागेका थियो । कुशल मल्लले १० , कमलसिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन बनाउदै पेभिलिएन फर्के।
सिंगापुरका लागि अथर्व गुनेले ४, राहुल शर्मा र विनित मेहराले समान २ तथा सिंघवीले १ विकेट लिए ।नेपालले दोस्रो खेल शनिवार यूएईसँग खेल्ने छ ।