Logo

बलिउड अभिनेत्री सारा अलि खान विरुद्ध उजुरी



Spread the love

 

 

आफ्नो अभिनयकला मार्फत् पछिल्लो समय निकै चर्चा कमाइ रहेकी बलिउड नायिका सारा अलि खानमाथि उजुरी परेको छ । उनले दिल्लीको एउटा सडकमा पछाडि बस्दा हेलमेट नलगाएपछि उनी विरुद्ध उजुरी परेको हो ।

साराले ‘केदारनाथ’ र ‘सिम्बा’ चलचित्रमा अभिनय गरेकी छिन् । यी दुबै फिल्म बलिउडमा सुपरहिट भएका थिए ।

नायक कार्त्तिक आर्यनले चलाएको बाइकमा सारा पछाडि बसेकी थिइन् । सोही क्रममा उनले हेलमेट प्रयोग नगर्दा उनीमाथि उजुरी पर्न गएको छ ।

सारा अहिले चलचित्र ‘लभ आज कल’को छायांकनमा व्यस्त रहेकी छिन् । उनै साराको केही दिन अगाडि मात्रै बाइक पछाडि बसेको एउटा भिडियो भाइरल भएको थियो ।

भारतीय प्रहरीका अनुसार यस घटनामाथि अनुसन्धान भैरहेको जानकारी एजेन्सीहरूले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्