Logo

मोदी फेरि प्रधानमन्त्री बने शान्ति वार्ता हुनसक्छ : इमरान खान



Spread the love

२७ चैत, काठमाडौं ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको निर्वाचनमा भाजपाले जितेमा नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री बन्ने अनुमान गरेका छन् । मोदी प्रधानमन्त्रीमा दोहोरिएमा दुई देशबीच शान्ति वार्ताको सम्भावना पनि हुने उनले बताएका छन् ।

भारतमा लोकसभाको पहिलो चरणको निर्वाचन बिहीबार हुँदैछ । त्यसको अघिल्लो दिन बुधबार विदेशी पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री खानले भने यदि भारतमा विपक्षी पार्टी कांग्रेसको नयाँ सरकार बनेमा पाकिस्तानसँग वार्ता गर्न डराउन सक्छ ।

कांग्रेस भारतको दक्षिणपन्थी पार्टीसँग डराउने खानको भनाइ छ । प्रधानमन्त्री खानले भने, ‘भाजपा दक्षिणपन्थी पार्टी हो र उसले जितेमा कश्मीरको विषयमा वार्ता अघि बढ्न सक्छ । यद्यपि भारतका मुसलमानहरुले आफूलाई मोदीसँग पूरै असुरक्षित महसुस गरिरहेका छन् ।’

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टएिर नयाँ स्वतन्त्र राष्ट्र बनेका थिए । त्यतिबेलादेखि नै भारत र पाकिस्तानबीच कटुतापूर्ण सम्बन्ध छ । त्यसको केन्द्र अहिलेसम्म पनि कश्मीर नै बनेको छ ।

प्रतिक्रिया दिनुहोस्