Logo

सुल्तान आज रिलिज हुदै



Spread the love

असार २२ , २०७३

बिकास अर्याल

salmankhansultan-firstlook

यो साता प्रदर्शनमा आउन लागेको हिन्दी फिल्म ‘सुल्तान’ । सलमान खानले अभिनय गरेको यो फिल्म इस्लाम धर्माबलम्बीको पवित्र चाड इद उल फित्रको बिदालाई लक्षित गरि बुधबारदेखि नै रिलिज गरिंदैछ । पछिल्ला वर्षहरुमा बलिउडको बजार इदमा सलमानकै फिल्मले कब्जा जमाउने गरेका छन् ।राजधानीको प्रमुख फिल्म प्रदर्शक क्युएफएक्सले ‘सुल्तान’लाई दिएको सो हेर्दा उनको भनाई नेपालमा पनि सत्य सावित हुन्छ । क्युएफएक्सले आफ्ना चार वटा हलमा बुधबार सुल्तानका लागि २७, बिहीबार २९ र शुक्रबार २८ वटा सो दिएको छ ।

सुल्तानमा मुख्य पात्रका रुपमा “सलमान” “अनुष्का” र “रंदीप हुड” देखिएका छन् । “सुल्तान” लाई निर्देसन “अलि अब्बास  जफर” ले गरेका छन्, भने निर्माता को रुपमा “आदित्य चोप्रा” देखिएका छन्  । विश्लेषकहरुले यो चलचित्र अहिलेसम्मकै लोकप्रिय चलचित्र हुन सक्ने पनि अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्