Logo

मिस नेपालमा अडिसनको ‘दुर्व्यवहार’बारे आयोजकले दियो स्पष्टीकरण (विज्ञप्ति सहित)



Spread the love

सामाजिक संजालमा भाइरल भएको मिस नेपाल सम्बन्धि भिडियोको बिषयमा मिस नेपाल आयोजना गर्दै आएको संस्था हिडन ट्रेजरले प्रेस बिज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको छ ।

यस बर्षको मिस नेपाल फाइनलमा नपुग्दै बिवादमा आयो । प्रतियोगितामा भाग लिन गएकी अस्मिता महर्जनलाई जज रचना गुरुङ शर्माले मेकअप गरी किन नआएको , चस्मा किन लगाएको , मेकअप गर्न नआउने तर मिस नेपालमा आएको भन्दै प्रश्न गरेको भिडियो भाइरल बनेपछि रचना गुरुङको मात्र होईन मिस नेपाल आयोजककै खुबै आलोचना भयो ।

रचना गुरुङमाथि सामाजिक सञ्जालमा यति गाली बर्सिए की उनी ट्रोलको शिकार नै बनिन् । यता मिस नेपालको गरिमामाथि नै ठुलो प्रश्नचिन्ह पनि उठाईयो ।

यस बिषयमा अस्मीता र रचना दुबैले स्पष्टीकरण दिएका छैनन तर धेरै आलोचना भएपछि मिस नेपाल आयोजक ‘द हिडन ट्रेजर’ ले भने विज्ञप्ति नै सार्वजनिक गरी कुनै पनि प्रतिष्पर्धीलाई होच्याउने काम नगरिएको बताएको छ । कुनै पनि प्रतियोगितामा सजिलो अप्ठ्यारो प्रश्न सोधिन्छ त्यसलाई सहि ढंगले उत्तर दिन सक्ने व्यक्ति नै सफल हुन्छ भने आसयको बिज्ञप्ति सस्थाले सार्वजनिक गरेको छ ।

यसका साथै २५ बर्ष देखि आयोजना हुदै आएको यस प्रतियोगीताले कसैलाई पनि होच्याउने, मानहानि हुने काम नगरेको र नगर्ने समेत स्पस्ट पारेको छ । भिडियोको एक भाग हेरेर सामाजिक सन्जालमा आएको अभिव्यक्तिलाई सामाजिक संजालको सकारात्मक नकारात्मक दुवै बिषय हुने भन्दै साचो कुरा नबुझी प्रतिक्रिया नदिन आग्रह समेत गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/qz-gtYy87Sk

प्रतिक्रिया दिनुहोस्