Logo

आईपीएलः बैंग्लोर विरुद्ध महँगो पर्यो सन्दीपको बलिङ, विराटले हाने दुई छक्का



Spread the love

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार साँझ भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध दिल्ली क्यापिटल्सबाट चौथो खेल खेलेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने महँगा सावित भएका छन्।

बैंग्लोरको एम च्यान्नास्वामी स्टेडियम जारी खेलमा सन्दीपले चार ओभरमा १ विकेट लिनुका साथै ४६ रन खर्चिए। मोइन अलीको विकेट लिएका सन्दीपलाई बैंग्लोरका कप्तान विराट कोहलीले उनको अन्तिम ओभरमा लगातार दुई छक्का प्रहार गरेका थिए।

टोलीको दशौं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले एक छक्कासहित १० रन खर्चेका थिए। मार्कस पिटर स्टोनिसले पहिलो बलमा सन्दीपलाई छक्का हिर्काएका थिए।

टोलीको बाह्रौं ओभरमा आफ्नो दोस्रो ओभर लिएर आएका सन्दीपले ६ रनमात्रै खर्चे। सो ओभरमा विराट कोहली र मोइन अली समान ३-३ रन दगुरेका थिए।

टोलीको १५ औं ओभरमा सन्दीपलाई दिल्लीले व्यक्तिगत तेस्रो ओभर फाल्न लगाएको थियो। उक्त ओभरमा मोइन अलीको विकेट लिनुका साथै सन्दीपले एक चौका र एक छक्का खाए।

उक्त ओभरको तेस्रो ओभरमा अलीलाइ विकेट किपर ऋशब पन्तबाट सन्दीपले स्टपिङ गराएका थिए। १८ बल खेलेका अलीले १ चौका र ३ छक्का प्रहार गरे।

यस्तै सत्रौं ओभरमा सन्दीपलाई दिल्लीले व्यक्तिगत अन्तिम ओभर दिएर पठाएको थियो। उक्त ओभरको चौथो र पाचौं बलमा विराट कोहलीले सन्दीपलाई लगातार दुई छक्का प्रहार गरे। त्योसँगै सन्दीपले सो ओभरमा १९ रन खर्चिए।

योसँगै यस सिजनको आइपीएलमा चौथो खेल खेल्दै सन्दीपले ५ विकेट लिइसकेका छन्। यसअघि दिल्लीबाट सन्दीपले तीन खेल खेल्दै ४ विकेट लिइसकेका छन्।

कोलकता नाइट राइडर्शविरुद्धको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका थिए भने किंग्स एलेभेन पन्जाबविरुद्ध दुई तथा सनराइजर्स हैदरावादविरुद्ध पनि एक विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्