Logo

एक सिटे पार्टीका कारण निर्वाचन सम्बन्धी कानुन अलपत्र



Spread the love

aayog

सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बेला संसद्को राज्य व्यवस्था समितिमा एक सिटे पार्टीका कारण निर्वाचन सम्बन्धी कानुन अलपत्र अवस्थामा पुगेको खबर आजको जन आह्वान साप्ताहिकमा   छ ।

प्रमुख तीन राजनीतिक दलले कम्तीमा पनि तीन प्रतिशत मत प्रतिशत सीमा राख्नुपर्ने पक्षमा आवाज उठाएको र सोही सम्बन्धी ऐन तयारी गरेपछि सिपी मैनालीको नेतृत्वमा च्याउ पार्टीका सांसदहरुले राज्य व्यवस्था समितिमा अवरोध सिर्जना गरेका हुन् । मुखले तीन प्रतिशत मत प्रतिशत सीमा राख्नुपर्ने पक्षमा एमाले नेतृत्वले धारणा राखेपनि राज्य व्यवस्था समितिमा नै ऐनलाई अड्काएर राख्ने मक्सद राखेको बताइन्छ ।

राज्य व्यवस्था समितिमा राजनीतिक दलसम्बन्धी ऐन विचाराधिन अवस्थामा रहेको छ । सदनले निर्वाचन सम्बन्धी चार वटा ऐन निर्माण गरिसकेको छ । राज्य व्यवस्था समितिमा थप दुई वटा ऐन विचाराधिन अवस्थामा रहेको छ । च्याउ पार्टी र एमालेको मक्सद मिलेका कारण निर्वाचन ऐन पारित गर्न रोकिएको छ । सिपी मैनाली, चित्रबहादुर केसी, एकनाथ ढकाल, नारायणमान विजुक्छेलगायतको लहैलहैमा लागेर एमाले निर्वाचन विथोल्ने अभियानमा लागेको छ ।
एमाले अध्यक्ष खड्ग ओलीले जसरी भएपनि राज्य व्यवस्था समितिबाट पारित नगराउन दबाव दिएका छन् । एमालेका सांसदहरु गंगालाल तुलाधर, यज्ञराज सुनुवारलगायतलाई जसरी भएपनि निर्वाचन कानुनलाई पारित नगराउन दबाव दिएको स्रोतको दावी छ । एमालेका कारण निर्वाचन कानुन रोकिएको छ तर दोष च्याउ पार्टीलाई लगाइएको छ । च्याउ पार्टीका कारण निर्वाचन हुन नदिने एमालेको भित्री चालबाजीका कारण निर्वाचन कानुन अलपत्र पारिएको छ ।

यस्तै अरु च्याउ पार्टीले पनि मत प्रतिशत सीमा अवरोध गर्दै आएका छन् । कम्तीमा पनि तीन प्रतिशत मात्रै मत प्रतिशत सीमा राखिए चार वटा भन्दा बढी दल राजनीतिक अस्तित्वमा आउने छैनन् । केही दलको खानेपिउने धन्दा नै एउटा ऐनले खारेज गरिदिने भएपछि उनीहरु संगठित रुपमा निर्वाचन कानुन पारित हुन नदिने षड्यन्त्रमा लागेका छन् । विगतमा गुणगर्दी गर्दै आएक कुमार खड्काहरु मतप्रतिशत सीमा राखेपछि किनारामा धकेलिनेछन् ।

चार पाँच वटा श्रीमती बटुल्ने प्रेमबहादुर सिंहहरु पनि पाखा लाग्नेछन् । नाम मात्रैको राजनीतिक गर्ने विश्वेन्द्र पासवानहरु उठ्नै नसक्ने गरी परास्त हुनेछन् । राजनीतिको नाममा अत्याचार गर्ने, राज्यकोषको दुरुपयोग गर्ने, भ्रष्टाचारलाई संस्थागत गर्ने प्रवृत्तिको समेत अन्त्य हुनेछ । तर एमाले राजनीतिक विकृतिलाई रोक्न दिने पक्षमा छैन ।

प्रतिक्रिया दिनुहोस्