२२ चैत काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्सको लियोन प्रस्थान गरेका छन् । महानिरीक्षक खनाललाई वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका छन ।
चैत २६ देखि २८ गतेसम्म फ्रान्समा सञ्चालन हुने इन्टरपोलको १५औं सम्मेलनमा सहभागी हुन महानिरीक्षक खनालले त्यसतर्फ प्रस्थान गरेका छन ।
इन्टरपोल महासचिवालयको आयोजनामा प्रत्येक वर्ष सम्मेलन हुने गर्दछ । यस वर्षको सम्मेलनमा इन्टरपोलका सबै १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने कार्यक्रम छ ।
सम्मेलनमा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित विभिन्न नवीन प्रविधि र अपराध नियन्त्रण तथा सुरक्षासम्बन्धी नयाँ रणनीतिहरुमा सहकार्य गर्ने सम्बन्धमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्