भारतमा जारी १२ औं संस्करणको आईपीएल क्रिकेटमा अहिले भइरहेको नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्सले सनराईजर्स हैदारबादलाई १३० रनको टार्गेट दिएको छ ।
घरेलु मैदान फिरोज शाह कोटला मैदानमा टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनाएको थियो ।
दिल्लीका लागि कप्तान श्रेयस अय्यरले ४३ रन, अक्षर पटेलले २३ रन र क्रिश मोरिसले १७ रन बनाउनुका अलवा अन्य ब्याट्सम्यान हैदरावादका बलरसामू टिकेर खेल्न सकेनन्।
हैदरावादका लागि भुवनेश्वर कुमार, मोहम्मद नावी र सिद्धार्थ कौलले समान २-२ विकेट लिएका थिए । रसिद खान र सन्दीप शर्माले एक-एक विकेट लिएका थिए ।
अबको केहीबेरमा हैदरावाद जवाफी ब्याटिङमा उत्रिदै छ ।
हैदराबाद यो सिजनमा उच्च फर्ममा देखिएको छ । उसले ३ खेलमा जित हात पारिसकेको छ । तर दिल्लीले भने २ खेलमा जित र २ खेलमा पराजित भएको छ ।
पछिल्लो खेलमा मजबुत स्थितिमा रहेको दिल्लीले लगातार गल्ती गर्दा पराजित हुन पुगेको थियो । मोहालीमा भएको उक्त खेलमा पञ्जाबसँग जित नजिक पुगेर पनि दिल्ली १४ रनले पराजित भएकाले उक्त खेलबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्थामा छ । आजको खेलमा हैदराबादको मजबुत ब्याटिङ अर्डरविरुद्ध दिल्ली संयमित भएर खेल्नुपर्ने छ ।
आजको खेलका लागि दिल्लीका ब्याट्सम्यान शिखर धवनका लागि पनि महत्वपूर्ण रहेको छ । यसअघि हैदरबादबाट खेलेका शिखर यसै सिजन दिल्लीमा आवद्ध भएकाले पुरानो टिमविरुद्ध उनको पहिलो खेल हो ।
हैदराबादमा जोन बेयरस्टो र डेभिड वार्नर दुवैले शतक प्रहार गर्दै विपक्षीलाई दबाब दिन सक्षम छन् । त्यसैले आजको खेलमा दिल्लीले वार्नरलाई रोक्ने रणनीति बनाउन जरुरी छ ।
हैदराबादसँग अफगानिस्तानका अफ स्पिनर मोहमद नवी र लेग स्पिनर रासिद खान छन् । उनीहरु जतिबेला पनि दिल्लीमाथि हावी हुन सक्ने क्षमता राख्छन् ।